
पाेखरा, असार २६ –
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा कास्कीमा २, तनहुँमा ४, म्याग्दी २, स्याङजामा ३ र बागलुङ ३ जना रहेका छन् । कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ११ सय ७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस