काठमाडौं, असार २७ –
कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को विशेषज्ञहरु चीन पुगेका छन् । समाचार संस्था रोयटर्सका अनुसार डब्लूएचओको टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्नेछन् ।
चीनले सुरुमै सही जानकारी नदिएका कारण कोरोनाले महामारीको रुप लिएको भनेर अमेरिकाले आरोप लगाइरहेको सन्दर्भमा यो अनुसन्धानलाई चासोपूर्वक हेरिएको छ ।
यद्यपी अमेरिकी अधिकारीहरुले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको समेत आरोप लगाउँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको भन्दै हालै डब्लूएचओबाट अमेरिका बाहिरिएको घोषणा गरेका छन् ।
हालसम्म विश्वमा एक करोड २१ लाख २ हजार ३२८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस