समाचार

३३ किलो सुन प्रकरणः युएईमा पक्राउ परेका खड्कालाई नेपाल ल्याइयो

Tribhuvan International Airport

काठमाडौं, असार २७ –

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा युएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा युएईमा पक्राउ परेका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरि आइतबार काठमाडौं ल्याइएको हो ।

खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै गौशाला वृत्तमा लगिएको छ। खड्का २०७५ साल माघमा यूएईमा पक्राउ परेका थिए । ३३ किलो सुन प्रकरणमा संलग्न खड्कासहित १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएर यूएईमा एक दशकदेखि बस्दै आएका खड्का ३३ किलो सुन प्रकरण मुछिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुस २१ गते ३३ किलो सुन बरामद गरेको थियो ।

उक्त प्रकरणमा नेपालका सुन व्यवसायी र सुन तस्करको गिरोह नै संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्चस्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस