राजनीति

चितवन पुगेका प्रचण्डले गरे नारायणीले गरेको कटानको निरीक्षण

prachanda visit narayani river

चितवन, असार २७ –

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल हादल प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली क्षेत्रको निरीक्षण गरेका छन् ।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष भरतपुर महानगरपालिका २७ मा नारायणी गरेको कटानको निरीक्षण गरेका हुन् ।

उनी आज नै चितवनको माडी नगरपालिकामा बाढीको निरिक्षण गर्न पुग्ने बताइएको छ ।

आज नै बाढीका कारण माडिमा एक जनाका मृत्यु भएको थियो । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा एक जना पुरुषको शव भेटिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस