
काठमाडौं, असार २७ –
नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकको पाँचपोखरीका ४५ वर्षीय पुरूषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस