
धनगढी, असार २७ –
सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन दिनको अवधिमा मास्क नलगाउने ४ हजार बढीलाई कारबाही गरिएको छ ।
कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७ र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
पक्राउ पर्नेहरुलाई मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गर्ने गरिएको विष्टले बताए । जिल्लामा कोरोनाबाट बच्ने उपायबारे जनचेतनाका लागि माइकिङ समेत गरिरहेको उनले बताए ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क अनिवार्य गर्नेबारे निर्देशन गरेसँगै देशभर मास्क नलगाई सडकमा आउनेलाई कारबाही थालिएको छ ।
प्रतिक्रिया दिनुहोस