विजनेश

मुकेश अम्बानी विश्वकै सातौं धनी व्यक्ति

mukesh ambani

काठमाडौं, असार २७ –

भारतीय मुलका व्यापारी मुकेश अम्बानी विश्वकै सातौं धनी बनेका छन् ।

फोर्ब्स रियल टाइम बिलिनियर्स सूची अनुसार अम्बानी यही शुक्रबार २ बिलियन अमेरिकी डलर पूँजी थप्दै ७० दशमलब १ बिलियन डलरसहित विश्वको सातौं धनीको सूचीमा परेका हुन् । यससँगै अम्बानी भारतका सर्वाधिक धनाढ्य बन्न सफल भएका छन् । फोब्र्सले यही शुक्रबार सूची तयार पारेको थियो ।

अम्बानीले आफ्नो जिओ प्लेटमर्फमा फेसबुकका मालिक मार्क जुकरबर्गको समेत लगानी भित्र्याएका छन् । विश्वकै धनी व्यवसायीमा भने अमेजनका मालिक जेफ बेजोस परेका छन् । १८६ दशमलब ८ बिलियन अमेरिकी डलर पूँजीसहित उनी पहिलो सूचीमा पर्न सफल भएका हुन् । यस्तै माइक्रोसफ्टका मालिक बिल गेट्स दोस्रो नम्बरमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस