समाचार

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा भरतपुर मेडिकल कलेजका चार डाक्टर पक्राउ

nmb thumnail

चितवन, असार २७ –

भरतपुर मेडिकल कलेजमा कार्यरत  चार जना डाक्टरहरु पक्राउ परेका छन् । उनीहरुले अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेका अभियोगमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरी काठमाडौं ल्याइदै रहेको ब्युरोले जानकारी दिएको छ। यससम्बन्धी थप विवरण पत्रकार सम्मेलनबाट गराइने ब्युरोले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस