
संखुवासभा, असार २८ –
संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।
सिलिचोङ–१ सिसुवाखोलामा गए राति पहिरो ले घर बगाउँदा ११ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । लगातारको बर्षाका कारण पहिरो जाँदा सात घर बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।
अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस