समाचार

क्वारेन्टिनबाट निस्केको एक सातापछि बारामा एक वृद्धले गरे आत्महत्या

Bara aatmahattya

वीरगञ्ज, असार २८ –

बाराको परवानीपुर गाउँपालिकामा एक वृद्धले क्वारेन्टिनबाट निस्केको एक सातापछि आत्महत्या गरेका छन् । परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेको उनका छोरा जितेन्द्रले बताए । क्वारेन्टिनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

महादेवको मानसिक अवस्था पहिलेदेखि नै कमजोर थियो । उनले आफूलाई कोरोना संक्रमण भएको भनेर गाउँलेहरुलाई भने पनि त्यो कुरा परिवारका सदस्यहरुले पत्तो पाएका थिएनन् ।

कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरकटियागञ्जमा छोरीको घरमा गएका थिए । त्यहीँ रहेकै अवस्थामा लकडाउन शुरु भएपछि उनी त्यतै रोकिए । दुई महिना त्यता बसेपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिनजति बसेका थिए ।

वडा अध्यक्ष रामेश्वर प्रसाद साहलाई फोन गरेर घर आउने व्यवस्था मिलाइदिन आग्रह गरेपछि गाउँपालिकाले असार ८ गते एम्बुलेन्समार्फत् ल्याएर गाउँकै क्वारेन्टिनमा राखेको थियो । क्वारेन्टिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ११ औं दिनमा असार १९ गते उनलाई घर पठाइएको थियो ।

महादेवको शव कलैया अस्पतलामा पोष्टमार्टमका लागि लगिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस