
काठमाडौं, असार २८ –
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आयल निगम घेराउ गरेको छ ।
मूल्य बृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले आज बिहान ११ बजेदेखि नेविसंघका नेता कार्यकर्ता बबरमहलस्थित कार्यालय अगाडि धर्नामा बसेका छन् ।
कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पटक-पटक पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएकोले बाध्य भएर धर्ना दिनु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस