
काठमाडौं, असार २८ –
डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफर अन्तर्गत लक्की ड्र मार्फत दुई जना भाग्यशाली विजेता छनौट भएका छन् । यही असार १९ गतेदेखि असार २५ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्क ड्रमार्फत विजेता घोषण गरिएको हो ।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नं. १००, सोकेस २ च्यानल नं. १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १ लाख नगद प्राप्त गर्छन् ।
यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासिड नं. ७१९१३०९४८७७, ७१९१३०९४८७७ का बिजेता बन्न सफल भएका छन् ।
फन्ड ट्रान्सफरको जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने डिसहोमले बताएको छ ।