
काठमाडौं, असार २८ –
पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ८०१ पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस