
काठमाडौं, असार २८ –
सांसद सरिता गिरीले आफ्नो अधिकार खोसेको भन्दै आइतबार सर्वोच्च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको दावी उनको निवेदनमा गरिएको छ । सांसदबाट निलम्बनमा परेकी गिरीले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गराएकी हुन् ।
निवेदनमा उनले आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएको जिकीर गरेकी छन् । संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको दाबी उनले निवेदनमा गरेकी छन् ।
समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार गिरी प्रतिनिधिसभा सदस्य पदबाट असार २५ गते निष्कासित भएकी थिइन् । उनलाई पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीले सांसद र दलको सदस्यबाट निष्कासित गरेको थियो ।
संविधान संशोधन विधेयकको विरोधमा लागेपछि पार्टीले छानबिन समिति गठन गरेर गिरीमाथि कारबाही गरेको थियो ।