समाचार

पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

pokhara baglung road repair

पोखरा, असार २८ –

अविरल वर्षाका कारण भिरबाट पहिरो खस्दा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ ।

कुस्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो जाँदा आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो । बिहानैदेखि स्काभेटर प्रयोग गरेर केहीबेरअघिदेखि दुईतर्फी नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडकमा ठूलोमात्रामा ढुङ्गामाटो थुप्रिएकाले पहिरो पन्छाउन ढिलाइ भएको हो । सडक सञ्चालन भएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउँदै गरेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् भने यस क्षेत्रबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पनि गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन सडकमा वर्षाका कारण माथिबाट पहिरो झर्दा पटकपटक अवरुद्ध हुने गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस