
काठमाडौं, असार २९ –
काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरस (कोभिड -१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड-१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।
काठमाडौंका चार अस्पतालमध्ये सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटको सूर्या हेल्थ कियरले अनुमति पाएको हुन् ।
त्यस्तै बुटवलको नेशनल प्याथ ल्याव र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर गर्न परिक्षण गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस