समाचार

नारायणीमा पानीकाे बहाव उच्च, सतर्कता अपनाउन प्रशासनको आग्रह

narayani river chitwan flood

चितवन, असार २९ –

वर्षाको कारण नारायणी नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ। आज बिहान साढे ९ बजेबाट पानीले सतर्कता तह पार गरेको नारायणी नदीको देवघाटस्थित बाढी मापन केन्द्रले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदीमा बाढीको उच्च जोखिम हुन सक्ने संकेत गरेको छ । नारायणीकाे जलसतहले सतर्कता तह पार गरेकोले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन जलतथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

त्यस्तै सुरक्षा सावधानी अपनाउन मोबाइलमा म्यासेज समेत पठाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नारायणीमा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । नदिमा पानीको सतह बढ्दा यसको असर भरतपुर महानगरपालिका १६,२७ र २८ मा पर्ने भएकाले सतर्क रहन उनले आग्रह गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस