
काठमाडौं, असार २९ –
केही दिनदेखि बन्देज लगाइएका भारतीय समाचार च्यानलहरुमध्ये केहीबाहेक अन्यलाई खुला गरिएको छ । नेपालको बारेमा भ्रामक समाचार दिएका समाचार च्यानलबाहेक अन्यलाई खुला गरिएको केवल अपरेटरहरुले जनाएका छन् ।
केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।
केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस