
काठमाडौं, असार २९ –
महानगरीय प्रहरी वृत्त महाराजगंजले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयां र ३ बुक तास सहित आइतबार दिउंसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा ताससहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस