सूचना प्रविधि

गुगलले भारतमा १० अर्ब डलर लगानी गर्दै

google donate india

काठमाडौं, असार २९ –

विश्वकै ठुलो टेक जाइन्ट कम्पनि गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । सोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको हो ।

उनले भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन यो लगानीको योजना अघि सारिएको बताएका छन् । सन् २०१५ मा पहिलोपटक गुगल फर इन्डिया कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ ।

सोमबारको कार्यक्रम छैटौं कार्यक्रम थियो । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुन्दर पिचाईसँग छलफल गरेका थिए । छलफलको क्रममा उनीहरुको बीचमा विभिन्न विषयमा छलफल भएको थियो । मोदीले कोरोना भाइरसका साथै प्रविधिको भूमिकाको विषयमा पनि चर्चा भएको थियो ।

स्रोत : बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस