समाचार

पहिरोका कारण पाल्पा बुटवल सडकखण्ड अवरुद्ध

pahiro palpa

बुटवल, असार ३० –

सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्द भएको छ । अविरल बर्षाका कारणले तिनाउ गाउपालिका पैठेडाडामा माथिबाट खसेको सुख्खा पहिरोले बाटो अवरुद्द भएको हो ।

पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए । सडक खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए ।

सडक अबरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस