
नवलपरासी, असार ३० –
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ ।
पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । पहिरोले मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस