समाचार

विप्लव समूहका नेता ओमप्रकाश पुन र उनकी पत्नी पक्राउ

pun purnima

काठमाडौं, असार ३१ –

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुनसँगै उनकी पत्नी पूर्णिमा पनि पक्राउ परेकी छिन् ।

नेकपाकै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलाली र विशेष व्यूरोको टोलीले कैलालीको कनरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सरकारले चन्द समूहलाई कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिवन्ध गरेको छ । त्यसपछि नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस