समाचार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

covid 19 test positive

पोखरा, असार ३१ –

गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिएकामा सबै भन्दा धेरै नवलपरासी पूर्वमा ११ जना, म्याग्दीमा नौ जना, तनहुँमा ३ जना रहेका छन् । यस्तै गोरखा र कास्कीमा एक एक जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या संख्या १२ सय २८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस