
कालिकोट, असार ३१ –
किशोरीलाई बलात्कारको आरोपमा कालिकोट जिल्लाका एक वडा अध्यक्ष पक्राउ परेका छन् । नाताले बहिनी पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाही पक्राउ परेका हुन् ।
शाहीले तीन वर्षदेखि किशोरीलाई बलात्कार गर्दै आएको उजुरी पुगेपछि उनलाई प्रहरीले मंगलबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।
उनका अनुसार वडा अध्यक्ष शाहीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस