समाचार

सर्पको टोकाइबाट १७ वर्षीया बालिकाको मृत्यु

bead body tag

बैतडी, असार ३१ –

पञ्चेश्वर गाउँपालिका-२ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले टोकेर मृत्यु भएको छ ।

ती बालिकालाई हिजो साँझ घरको आगनमा सर्पले टोकेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

मृतक स्थानीय देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस