सूचना प्रविधि

प्रहरी पोशाक लगाएर टिकटक बनाउने दुई प्रहरीमाथि कारबाही शुरु

police tiktok

विराटनगर, असार ३१ –

मोरङमा पोशाकमा टिकटक बनाउने प्रहरीमाथि कारबाही शुरु गरिएको छ । प्रहरीको पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकका इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईलाई कारबाही गर्न लागिएको हो ।

प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेपछि यस विषयलाई चासोपूर्वक लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनीहरुले टिकटक बनाउने क्रममा आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका भिडियोमा देखिन्छ ।

डीएसपी राईले प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस