
काठमाडौं, असार ३१ –
भोलि बिहीबारदेखि साझाले काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ ।
सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले साउन १ देखि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।
सुरुआतका क्रममा २६ वटा बसले सेवा सुरु गर्ने र पछि यात्रुको चाप बढ्दै गएमा अन्य बसहरु पनि सञ्चालन हुने पाण्डेले जानकारी दिए । गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् ।
साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस