समाचार

पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

map of nepal

काठमाडौं, असार ३१ –

नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबारबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार एक सय ७७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ११ हजार २५ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस