समाचार

बलात्कारको आरोपमा सशस्त्रका एसएसपी पक्राउ

rape art

पोखरा, असार ३१ –

सशस्त्र प्रहरी बल (एपीएफ) एक वरिष्ठ उपरिक्षक (एसएसपी) बलात्कारको आरोपमा पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरीले एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए ।

पीडितकाे स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस