फुटबल

कतारमा हुने फिफा विश्वकप २०२२ को खेलतालिका सार्वजनिक

qatar worldcup

काठमाडौं, साउन १ –

फिफा विश्वकप २०२२ को खेलतालिका सार्वजनिक भएको छ । सन २०२२मा कतारमा हुने भनिएको फिफा विश्वकप फुटबलको खेलतालिका बुधबार सार्वजनिक भएको हो ।

सार्वजनिक तालिका अनुसार विश्वकप २०२२ नोभेम्बर २१ तारिखमा ६० हजार दर्शक क्षमता रहेको अल बायत रंगशालमा हुनेछ । यसैगरी फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । समुह चरणका खेल हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन ।

जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन । कतार विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ ।

खेल तालिका :-

fifa nn

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस