सूचना प्रविधि

आजदेखि एक बैंकको कार्ड अर्कै बैंकको एटीएममा प्रयोग गरे शुल्क लाग्ने

ATM

काठमाडौं, साउन १ –

आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गरेबापत शुल्क लाग्ने भएको छ । साउन १ गतेदेखि बैंकहरुले अन्तर बैंक कारोबार गर्दा शुल्क लिन सक्ने गरी निर्णय भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघ सहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले थप शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले हिजो विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।

ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शुल्क लिएका थिएनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस