सूचना प्रविधि

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ

cyber crime server hack

काठमाडौं, साउन १ –

नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टम ह्याक गर्ने व्यक्तीलाई पक्राउ गरेको छ । नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आर्थक लाभ लिएर कम्पनीलाई हानिनोक्सानी पुर्‍याएको भन्दै सीआईबीले धनकुटाकुटाका दिवाकर देउजालाई पक्राउ गरेको हो ।

पक्राउ परेका देउजालाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन बिहीबार नै नेपाल प्रहरी साइबर ब्युरो काठमाण्डौ पठाएको ब्युरोले जनाएको छ ।

देउजाले टेलिकमको मोबाइल एपको सर्भर प्रणालीभित्र गैरकानुनी रुपमा पहुँच स्थापना गरी प्याकेज प्रयोग तथा बिक्री गरी आर्थिक लाभ लिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पक्राउ परेको देउजा शहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको ब्युरोले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनको साथबाट दुई थान ल्यापटप, दुई थान मोबाइल समेत बराबद भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *