
काठमाडौं, साउन १ –
पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३४४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ११ हजार २ सय ३८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस