समाचार

१२ वर्षीया छोरीलाई वलात्कार गर्ने बाबु पक्राउ

rape

झापा, साउन २ –

आफ्नै १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान नगरपालिकापा १३ घर भई झापा बिर्तामोड नगरपालिका ८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस