समाचार

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४० पुग्यो

covid 19 dead body

विराटनगर, साउन २ –

नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नं १ का ७३ वर्षीय वृद्ध रहेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको बिहिबार मृत्यु भएको हो ।  उनमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्बाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उपचारक क्रममा प्रदेश १ मा कोभिडबाट पहिलो मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनको तयारी थालिएको प्रतिष्ठानले जनाएको छ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस