पाल्पा, साउन २ –
सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ । ३ दिन अवरुद्ध भई एक दिन मात्र सञ्चालनमा आएको पाल्पा–बुटवल सडक पुन पहिरो झरेपपछि सडक अवरुद्ध भएको हो ।
तानसेन नगरपालिका–८ गौडेपुल र तिनाउँ गाउँपालिकाको–५ मस्याम कालीमाटी क्षेत्रमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिएका छन् ।
वर्षा भइरहेकाले अहिले पनि पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको हो ।
प्रतिक्रिया दिनुहोस