
धादिङ, साउन २ –
नीलकण्ठ नगरपालिका वडा नम्वर–८ बगैँचामा गएराति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्वर–९ का २६ बर्षीय रामहरि लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङबेशीबाट पाल्पा भञ्याङ जाँदै गरेको प्रदेश ०३–०२–००८ प २४४१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा काठमाडौँ स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस