
दोलखा, साउन ३ –
दोलखाको मेलुङ गाउँपालिकास्थि पवटीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । भने आधा दर्जन बढी सामान्य घाइते भएका छन् ।
जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीस्थित तिरतिरे धारामा आज विहान बा ५ ख ६५९० नम्बरको बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका हुन् । गम्भीर घाइतेमध्ये २ जनालाई उपचारका लागि चरिकोटतर्फ लगिएको र एक जना महिलाको बसले हात च्यापिरहेकोले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धा भइरहेको दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस