काठमाडौं, साउन ३ –
नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ११ हजार ६ सय ३७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस