विश्व/प्रवास

साउदीका राजा सलमान बिन अब्दुल अजिज अस्पताल भर्ना

saudi king salman

काठमाडौं, साउन ५ –

साउदी अरबका ८४ वर्षका शासक सलमान बिन अब्दुल अजिजलाई राजधानी रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको छ । साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उनलाई मेडिकल चेकअपका लागि भर्ना गरिएको छ ।

राजा सलमान संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन् । उनको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएपछि भर्ना गरिएको हो । उनको स्वास्थ्यबारे थप जानकारी दिइएको छैन ।

राजा बन्नुअघि सलमान साढे दुई वर्ष युवराज रहेका थिए र जून २०१२ मा डेप्युटी प्रिमियर बनेका थिए । उनी ५० वर्षसम्म रियादका गभर्नर पनि रहे ।

३४ वर्षका युवराज मोहम्मद बिन सलमानलाई असल शासक मानिन्छ । युवराजले राजा सलमानको शासनमा साउदी अरबमा विभिन्न प्रकारको सुधार गरेका छन् ।

स्रोतः बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस