वीरगन्ज, साउन ५ –
नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४६ जना बारा र ४ जना पर्साका बासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।
उनका अनुसार संक्रमितमध्ये ४६ जना बारा र ४ जना पर्साका बासिन्दा रहेको उनले बताए । पर्साका चार जना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए ।बाराका ४६ जना देवताल गाउँपालिकाको क्वारेन्टाइनका हुन् ।
जसमा देवताल गाउँपालिकाका ३४ जना ,सुवर्ण गाउँपालिकाका ३ जना , कलैया उपमहानगरपालिकाका ३ जना, धनकौलका ६ जना गरि ४६ जना संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डितले जानकारी दिए । उनका अनुसार महिला ११ र पुरुष ३४ मध्ये स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस