कैलाली, साउन ५ –
पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
सिंहका अनुसार गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएसँगै उनीहरूलाई पुरेको थियो ।
पहिरोले सोही ठाउँको आधारभूत माध्यमिक विद्यालयको सातकोठे र पाँचकोठे पक्की भवनसमेत बगाएको छ । भानसिंह ठकुन्ना र बिरभान ठकुन्नाको घर पनि पहिरोबाट क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस