समाचार

एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने सरकारको निर्णय

Cabinet Meeting of Nepal

काठमाडौं, साउन ५ –

सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बसेको बैठकले यसबारे निर्णय गरेको हो । तर यसरी बसहरु सञ्चालन गर्दा अनिवार्य सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क, सेनिटाईटरको प्रयोग गर्नुपर्ने, स्वास्थ्य सर्तकता अपनाउनुपर्नेछ ।

यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन ।

यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस