समाचार

पाल्पाको रम्भादेवी मन्दिरमा मुर्ति सहित दानपात्र चोरी

rambha devi temple palpa

पाल्पा, साउन ६ –

पाल्पाको रम्भा गाउँपालिकामा रहेको रम्भादेवी मन्दिरमा मुर्ति सहित दानपात्र चोरी भएको छ । रम्भाको वडा नं. १ स्थित तीनधारे सामुदायिक जंगलभित्र रहेको रम्भादेवी मन्दिरभित्र रहेको दुर्गाको र गणेशको मुर्ति सहित दानपात्र चोरिएको हो ।

मन्दिरको मूलढोकाको ताला तोडी मुर्ति र दानपात्र चोरी भएको हो । चोरी भएको सूचनाका आधारमा प्रहरीले खोजविन गरेपछि दानपात्र र मुर्ति भने फेला परेको छ । तर चोरी गर्ने फरार रहेको प्रहरीको भनाइ छ ।

दानपात्र मन्दिर तल सकुशल फेला परेको र मूर्ति भने स्याङ्जा जिल्लाको गल्याङ् नगरपालिका १, मालुङ्गामा देवी र गणेशको मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

चोरी भएको मुर्ति र दानपात्र कसले चोरेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको र संलग्नको खोजी कार्य भइरहेको श्रेष्ठले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस