समाचार

लकडाउनको समयमा बेचबिखनमा परेका ४१ महिलाको उद्धार

human trafficking

काठमाडौं, साउन ६ –

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले लकडाउनका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ ।

ब्यूरोको टोलीले लकडाउनको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले लकडाउनको समयमा नेपाल तथा भारतका विभिन्न स्थानमा बेचविखनमा परेका नेपाली महिलाको उद्धार गरिएको जानकारी दिए । प्रहरीले भारतको नयाँदिल्लीबाट सात, मनिपुर भारतबाट २१ र नेपालका विभिन्न स्थानबाट १३ महिलाको उद्धार गरेको छ ।

नेपालको नवलपरासीबाट दुई, कैलालीबाट दुई, सुनसरीबाट दुई, चितवनबाट दुई, कास्कीबाट दुई, मकवानपुरबाट एक, बर्दियाबाट एक र बाँकेबाट एक महिलाको उद्धार गरेको हो । प्रहरीले मानव बेचविखनमा संलग्नलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम अनुसन्धान तथा कारवाही गर्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस