
पोखरा, साउन ६ –
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । यसैगरी, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् ।
यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ । संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस