समाचार

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

gold shop

काठमाडौं, साउन ६ –

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको  छ । सुनको मूल्य तोलामा रु ४ सय रुपैयाँले बढेको हो ।

सोमबार तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मगंलबार बढेर तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ । चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस