
काठमाडौं, साउन ६ –
पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
गएराति आएको पहिरोमा पुरिएर बुर्लिङटार–२ का शेरबहादुर नेपाली र उनकी श्रीमती खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व)का एसपी दिपक रेग्मीले जानकारी दिए ।
मृतक दम्पती बस्ने घर पहिरोले पुरेको छ । सुतिरहेको बेला आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको र विहान दम्पती शव निकालिएको एसपी रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस