
कैलाली, साउन ६ –
दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो । उनीहरु शंकरपुरमा दिदीको घरमा बस्दै आएका थिए ।
पहिरोमै परेर ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम् र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन् । लक्ष्मीको अवस्था सिकिस्त रहेको डीएसपी विष्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस